को-को हुन् फोर्ब्सको प्रभावशाली सूचीमा पर्ने पाँच नेपाली ?
काठमाडौं । विश्वप्रसिद्ध अमेरिकी म्यागजिन फोर्ब्सको प्रभावशाली युवाको सूचीमा यो वर्ष पाँच नेपाली पर्न सफल भएका छन् । उक्त म्यागजिनले हरेक महादेशबाट ३० वर्ष मुनिका प्रभावशाली ३० युवाको सूची निकाल्ने गरेको छ । हरेक वर्ष निकालिने यो सूचीमा एसियाका ३० प्रभावशालीमध्ये पाँच नेपाली युवा परेका हुन् ।
सो सूचीमा सुजित पाठक, नीरज काफ्ले, सन्तोष पाण्डे, सुमित दाहाल र ऐश्वर्यरानी सिंह छन् ।
इनग्रेल नेपालका सह संस्थापकसमेत रहेका २९ वर्षिय सुजित पाठक कञ्जुमर टेक्नोलोजीबाट यो सूचीमा पर्न सफल भएका हुन् । इनग्रेल नेपालले नेपालका आठ सय भन्दा बढी विद्यालयमा डिजिटल सहायता पुर्याइसकेको छ ।
अर्का २७ वर्षीय युवा सुमित दाहाल नासा गोडार्ट स्पेस फ्लाइट सेन्टरका एक्सपेरिमेन्टर एस्ट्रोफिजिसिस्ट र पोस्टडक्टरल हुन् । उनले ब्रह्माण्डको उत्पत्ति र विकासको अध्ययनका लागि टेलिस्कोप निर्माण गरेका छन् ।
उक्त सूचीमा पर्न सफल अर्की युवा हुन्, ऐश्वर्य रानी सिंह । २८ वर्षीया सिंह सोसल इम्प्याक्ट विधाबाट यो सूचीमा परेकी हुन् । उनी महिनावारी स्वच्छतामा क्रियाशील संस्था पुतली नेपालको संस्थापक बोर्ड अध्यक्षसमेत हुन् । उक्त संस्थाले महिनावारीका बेलामा महिलाहरुलाई मेन्सुरल कप तथा प्याडको प्रयोगमा प्रोत्साहन गर्छ ।
नीरज काफ्ले र सन्तोष पाण्डे काठमाडौंमा उपहार र सरप्राइज प्याकेज डेलिभरी गर्दै आएको अफरिङ ह्यापिनेसका संस्थापकहरू हुन् । २८ वर्षिय नीरज र २५ वर्षिय सन्तोषले सन् २०१७ मा अफरिङ ह्यापिनेस सञ्चालनमा ल्याएका थिए ।
गतवर्ष नेपालबाट दुईजना नेपाली उक्त सूचीमा परेका थिए । वित्तिय साक्षरता कार्यक्रम चलाइरहेका फिनलिट नेपालका संस्थापक प्रकाश कोइराला र पौडी खेलाडी गौरिका सिंह अघिल्लो वर्ष फोर्ब्सको प्रभावशाली सूचीमा परेका हुन् ।
ताजा अपडेट
-
केन्द्रीय विद्युत् प्रसारण लाइन पुगेपछि फेरियो भोजपुरको दुर्गम गाउँको दैनिकी
-
मोबाइल बैंकिङ प्रयोगकर्ता ३ करोड नाघे, चाडपर्वमा बढ्यो डिजिटल कारोबार
-
बेनी-जोमसोम-कोरला सडकमा १ अर्बको क्षति, पुनर्निर्माण गर्न ४ अर्ब लाग्ने
-
नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी


प्रतिक्रिया