बालेनको जित हाम्रो पराजयमात्रै होइन, जनताको आशा र विश्वासको जित हो : विश्वप्रकाश शर्मा
काठमाडौं । कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले स्वतन्त्रका बालेन शाहको काठमाडौं महानगरपालिकाको मेयरमा भएको जित कांग्रेसको पराजयमात्रै नभएर जनताको विश्वास र जित भएको टिप्पणी गरेका छन् ।
सामाजिक संजालमा लेख्दै मतदाताले विजय गराइसकेपछि बालेन एक्लै हुन् वा एक्लै छन् भन्ने नसोच्न पनि शर्माले आग्रह गरेका छन् ।
जनताको काममा जननिर्वाचित मेयरलाई सघाउनसमेत शर्माले अपिल गरेका छन् ।
‘बालेनको विजय हाम्रो पराजयमात्रै होइन, उनीप्रति जनताको आशा र विश्वासको जित पनि हो’ शर्माले भनेका छन्, ‘उनलाई सफलताको साथ र शुभकामना दुवै दिउँ । लोकतन्त्रमा जनता जनार्दनको फैसला सर आखों पर ।’
वैकल्पिक दलहरू पनि मैदानमा खडा भए पनि उनीहरूलाई र नारालाई नरोजेको भन्दै शर्माले सचेत मतदाताले दललाई बदल्ने सन्देश दिएको बताए ।
देशको राजधानी सहर काठमाडौं महानगरपालिकामा कांग्रेस र एमालेको बलियो पकडकलाई पन्छाउँदै स्वतन्त्रका बालेन शाह मेयरमा निर्वाचित भएका छन् । बलियो प्रभाव र पहुँचविरुद्ध बालेनले जितेपछि उनको चौतर्फी चर्चा र प्रशंसा भइरहेको छ ।
ताजा अपडेट
-
चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान
-
गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’
-
दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन
-
कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण
-
सुनकोशी नदीमा टाटा सुमो खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता


प्रतिक्रिया