लद्दाखमा सेनाको गाडी नदीमा खस्दा ७ सैनिकको मृत्यु
काठमाडौं । लद्दाखको तुर्तक सेक्टरमा भारतीय सेनाको गाडी श्योक नदीमा खस्दा ७ जना सैनिकको मृत्यु भएको छ भने कैयौं जवान घाइते भएका छन् । भारतीय सेनाको विज्ञप्तिअनुसार २६ सैनिकको टुकडी परतापुरबाट हनिफ सबसेक्टरको चौकीतर्फ जाँदा दुर्घटनामा परेको हो ।
बिहान ९ बजेतिर गाडी चिप्लिएर थोइसेबाट २५ किलोमिटरको दुरीमा रहेको श्योक नदीमा खसेको थियो । घाइते २६ सैनिकलाई त्यहाँबाट आर्मी फिल्ड अस्पताल लगिएको थियो ।
गम्भिर चोट लागेका ७ सैनिकको अस्पतालमै मृत्यु भएको थियो । गम्भिर घाईतेहरुलाई वायुसेनाको सहयोगमा पश्चिम कमाण्ड अस्पताल लगिएको छ ।
ताजा अपडेट
-
दशैंको उपहारः भूमिहीनलाई जग्गाधनी प्रमाणपुर्जा
-
दसैँमा नेपाल प्रहरीको निःशुल्क बससेवा, यस्तो छ रुट
-
राष्ट्रपति पौडेलले गुरु पुरोहितबाट टीका र जमरा ग्रहण गर्ने
-
विजयादशमीको दौडदेखि गोरखा राज्यसम्म द्रव्य शाहको यात्रा
-
केन्द्रीय विद्युत् प्रसारण लाइन पुगेपछि फेरियो भोजपुरको दुर्गम गाउँको दैनिकी


प्रतिक्रिया