लद्दाखमा सेनाको गाडी नदीमा खस्दा ७ सैनिकको मृत्यु
काठमाडौं । लद्दाखको तुर्तक सेक्टरमा भारतीय सेनाको गाडी श्योक नदीमा खस्दा ७ जना सैनिकको मृत्यु भएको छ भने कैयौं जवान घाइते भएका छन् । भारतीय सेनाको विज्ञप्तिअनुसार २६ सैनिकको टुकडी परतापुरबाट हनिफ सबसेक्टरको चौकीतर्फ जाँदा दुर्घटनामा परेको हो ।
बिहान ९ बजेतिर गाडी चिप्लिएर थोइसेबाट २५ किलोमिटरको दुरीमा रहेको श्योक नदीमा खसेको थियो । घाइते २६ सैनिकलाई त्यहाँबाट आर्मी फिल्ड अस्पताल लगिएको थियो ।
गम्भिर चोट लागेका ७ सैनिकको अस्पतालमै मृत्यु भएको थियो । गम्भिर घाईतेहरुलाई वायुसेनाको सहयोगमा पश्चिम कमाण्ड अस्पताल लगिएको छ ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया