जब मेयरले र्याप गाए !

काठमाडौं । काठमाडौंका नवनिर्वाचित मेयर (प्रमुख) बालेन शाहले र्याप गीत गाएका छन् । धन्यवाद र्यालीपछि आज काठमाडौंको टुँडिखेलमा आयोजित सभामा उनले र्याप गाएका हुन् ।
उनले ‘अब गरेर देखाउ’ बोलको र्याप गाएका थिए । मेयरले र्याप गाइरहँदा सहभागीले रमाइलो मानेका थिए ।
मेयर शाहले आफूमाथि देखाएको मायाप्रति आभार प्रकट गरेका थिए ।
मत गणनास्थत राष्ट्रियसभा गृहबाट सुरु भएको र्याली सहरका विभिन्न स्थानमा पुगेको थियो । जहाँँ शाहका धेरै समर्थकले खुसी मनाएका थिए ।
मेयर शाहको पृष्भिूमि र्यापर हो । उनी इन्जिनियर पनि हुन् ।
यस्तो थियो र्याप :
गरेर अब देखाउ, कालो अतितलाई मेटाउ
देश एउटा सुन्दर बगैंचा होस्, रंगिचंगी फूल हुन् ।
अनुकूल प्रतिकूलहरू चुक्ता गर्ने भावना होस्
सामूहिक खुसीविनाको फाइदा त्यो चाहनाको
पछि त के त्यो कामनाको एउटा हाँसो फुट्नलाई
उद्देश्य यो एक हो हरेक दल जुट्नलाई
गरेर अब देखाउ, कालो अतितलाई मेटाउ
पालो हाम्रो हो भेटाउ
कल्पना गर शान्तिको
सपना देख्ने त्यो पूरा हुन्छ
जागृति नै क्रान्ति हो ।
बालेनको धन्यवाद र्यालीमा उनकै प्रतिस्पर्धी पनि सँगै – NepalWatch
ताजा अपडेट
-
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, नीति तथा कार्यक्रम पारित गरिने
-
आजको मौसम पूर्वानुमान : पहाडी भू भागमा आंशिक बदली हुन
-
सुरु भयो यस वर्षको सर्वोच्च शिखर आरोहण, ४२१ चुचुरोतिर
-
तीन प्रदेशमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना
-
‘भारतबाट जिटुजीमार्फत मल आउँदै छ, यस वर्ष अभाव हुन्न’
प्रतिक्रिया