फोहरको दीर्घकालीन समाधान खोज्न मेयर शाह पुगे सिसडोल
काठमाडौं । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन शाह फोहरमैला व्यवस्थापनको दीर्घकालीन समाधान गर्न जुटेका छन् ।
त्यसका लागि मेयर शाह आज नुवाकोटको सिसडोल र बञ्चरेडाँडा पुगेका छन् ।
त्यहाँ गएर उनले फोहरको समस्या दीर्घकालीन समाधान नभइ कुनै जितको उत्सव नमनाउने, खादा र माला नलाउने साथै अन्तर्वार्तासमेत नदिने प्रतिबद्धता जनाएका छन् ।
उनीसँगै कलाकार अर्जुन घिमिरे पाँडेलगायत पनि नुवाकोट पुगेका थिए ।
उपत्यकाको फोहर व्यवस्थापन हुने सो क्षेत्रमा अवरोध हुँदै आएको छ । त्यसैको समाधान निकाल्न मेयर शाह त्यहाँ गएका हुन् ।
ताजा अपडेट
-
रवि लामिछानेविरुद्ध सर्वाेच्चमा अर्काे रिट
-
ठमेलमा प्रहरीको अप्रेसनः अनैतिक गतिविधिमा संलग्न नौ विदेशी महिलासहित २१ जना पक्राउ
-
मन्दिर निर्माणमा घुस, बानेश्वरबाट दुई इन्जिनियर रंगेहात पक्राउ
-
धूमपान र सुर्तिजन्य पदार्थको प्रयोगबाट मुखको क्यान्सर बढ्दो
-
सुशासन कायम गर्न भ्रष्टाचार अन्त्य गर्नुपर्छ : अध्यक्ष नेपाल
प्रतिक्रिया