२ वर्षपछि खुल्यो विदेशी पर्यटकका लागि जापान
काठमाडौं (एजेन्सी) । जापानले दुई वर्षअघि विदेशी पर्यटकको प्रवेशमा लगाएको प्रतिबन्ध फुकुवा गरेको छ ।
कोभिड–१९ महामारीपछि विदेशी पर्यटकको प्रवेशमा लगाइएको प्रतिबन्ध त्यसको दुई वर्षपछि खुला गरिएको हो ।
जापानले अहिले ९८ देश र क्षेत्रका नागरिकका लागि प्रवेश अनुमति दिने निर्णय गरेको छ । जसमा बेलायतलगायत छन् ।
नयाँ नियममा विदेशी पर्यटकको आगमन सीमा २० हजार तोकिएको छ । नयाँ नियम आगामी जुन १० देखि लागू हुनेछ ।
विदेशी पर्यटकका लागि खुला गरिए पनि केही प्रतिबन्ध भने यथावत् छन् ।
त्यसो त विदेशी बासिन्दा र व्यापारीका लागि जापानले पहिले नै यात्रा प्रतिबन्धहरू खुकुलो पारेको थियो । विदेशी विद्यार्थीका लागि मार्चको मध्यदेखि अनुमति दिइएको थियो ।
ताजा अपडेट
-
हस्तकला विकास बोर्ड गठनमा सरकार सकारात्मक छ: प्रधानमन्त्री
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
यस्ता छन् मन्त्रिपरिषद बैठकका सात निर्णय
-
२०३३ सालको तुलनामा अहिले नेपालको राष्ट्रियता झनै ठूलो संकटमा छः पूर्णबहादुर खड्का
-
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता


प्रतिक्रिया