२ वर्षपछि खुल्यो विदेशी पर्यटकका लागि जापान
काठमाडौं (एजेन्सी) । जापानले दुई वर्षअघि विदेशी पर्यटकको प्रवेशमा लगाएको प्रतिबन्ध फुकुवा गरेको छ ।
कोभिड–१९ महामारीपछि विदेशी पर्यटकको प्रवेशमा लगाइएको प्रतिबन्ध त्यसको दुई वर्षपछि खुला गरिएको हो ।
जापानले अहिले ९८ देश र क्षेत्रका नागरिकका लागि प्रवेश अनुमति दिने निर्णय गरेको छ । जसमा बेलायतलगायत छन् ।
नयाँ नियममा विदेशी पर्यटकको आगमन सीमा २० हजार तोकिएको छ । नयाँ नियम आगामी जुन १० देखि लागू हुनेछ ।
विदेशी पर्यटकका लागि खुला गरिए पनि केही प्रतिबन्ध भने यथावत् छन् ।
त्यसो त विदेशी बासिन्दा र व्यापारीका लागि जापानले पहिले नै यात्रा प्रतिबन्धहरू खुकुलो पारेको थियो । विदेशी विद्यार्थीका लागि मार्चको मध्यदेखि अनुमति दिइएको थियो ।
ताजा अपडेट
-
दशैंको उपहारः भूमिहीनलाई जग्गाधनी प्रमाणपुर्जा
-
दसैँमा नेपाल प्रहरीको निःशुल्क बससेवा, यस्तो छ रुट
-
राष्ट्रपति पौडेलले गुरु पुरोहितबाट टीका र जमरा ग्रहण गर्ने
-
विजयादशमीको दौडदेखि गोरखा राज्यसम्म द्रव्य शाहको यात्रा
-
केन्द्रीय विद्युत् प्रसारण लाइन पुगेपछि फेरियो भोजपुरको दुर्गम गाउँको दैनिकी


प्रतिक्रिया