वाइसिएलले प्रहरीलाई हानेको ढुंगा फोटो पत्रकारलाई लागेपछि …
काठमाडौं । अमेरिकी परियोजना एमसिसीविरुद्ध आज बानेश्वर क्षेत्रमा भएको झडपमा फोटो पत्रकार सरोज बस्नेत घाइते भएका छन् । उनी मकालु खबरमा कार्यरत छन् ।
एमसिसीको विरोधमा प्रदर्शन गरिहेका नेकपा (माओवादी केन्द्र)को भ्रातृ संगठन वाइसिएलका कार्यकर्ताले प्रहरीलाई ढुंगा प्रहार गरेका थिए । सोक्रममा तस्बिर खिचिरहेका बस्नेतलाई लागेको थियो ।
बिहानैदेखि तस्बिर संकलनमा खटिएका फोटो पत्रकार बस्नेतको टाउकोमा चोट लागेको छ । सुरुमा नजिकै रहेको मेडिकल पसलमा पुगेर ड्रेसिङ गराएको उनले नेपालवाचलाई जानकारी दिए ।
साथीहरूको सहयोगमा आफू अस्पताल गएको उनले बताए ।
साथै, केएमसीमा पनि उपचारपछि अहिले बस्नेत कार्यालय गइसकेका छन् ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया