वाइसिएलले प्रहरीलाई हानेको ढुंगा फोटो पत्रकारलाई लागेपछि …
काठमाडौं । अमेरिकी परियोजना एमसिसीविरुद्ध आज बानेश्वर क्षेत्रमा भएको झडपमा फोटो पत्रकार सरोज बस्नेत घाइते भएका छन् । उनी मकालु खबरमा कार्यरत छन् ।
एमसिसीको विरोधमा प्रदर्शन गरिहेका नेकपा (माओवादी केन्द्र)को भ्रातृ संगठन वाइसिएलका कार्यकर्ताले प्रहरीलाई ढुंगा प्रहार गरेका थिए । सोक्रममा तस्बिर खिचिरहेका बस्नेतलाई लागेको थियो ।
बिहानैदेखि तस्बिर संकलनमा खटिएका फोटो पत्रकार बस्नेतको टाउकोमा चोट लागेको छ । सुरुमा नजिकै रहेको मेडिकल पसलमा पुगेर ड्रेसिङ गराएको उनले नेपालवाचलाई जानकारी दिए ।
साथीहरूको सहयोगमा आफू अस्पताल गएको उनले बताए ।
साथै, केएमसीमा पनि उपचारपछि अहिले बस्नेत कार्यालय गइसकेका छन् ।
ताजा अपडेट
-
नेपाल प्रहरीका चार एसएसपीको डिआइजीमा बढुवा सिफारिस, यही ब्याचबाट आइजिपी हुने
-
ट्रकको ठक्करबाट धादिङमा मोटरसाइकल चालकको मृत्यु
-
मन्त्रिहरुको सम्पत्ति सार्वजनिक गर्नेसहित यस्ता छन् मन्त्रिपरिषद्का १८ निर्णय
-
छोराको हत्या गर्ने महिला पक्राउ
-
फाष्ट ट्रयाक सडक आयोजनामा सुरुङमार्गको ‘ब्रेकथ्रु’
प्रतिक्रिया