राष्ट्रपति जेलेन्स्की पहिलोपटक किएभबाहिर युद्धग्रस्त खार्किभ क्षेत्रमा पुगे
काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रूसी आक्रमणपछि पहिलो पटक देशको युद्धग्रस्त पूर्वको खार्किभ क्षेत्रको भ्रमण गरेका छन् । त्यसक्षेत्रबाट मस्को पछिल्ला हप्ताहरूमा पछाडि हटेको छ ।
जेलेन्स्कीको कार्यालयले टेलिग्राममा बुलेट प्रुफ भेस्ट लगाएको र खार्किभ र त्यसको वरपरका थुप्रै भत्किएका भवनहरू देखाइएको भिडियो पोस्ट गरेको छ । ‘खार्किभ र त्यस क्षेत्रमा २, २२९ भवनहरू ध्वस्त भएका छन् । हामी पुनर्स्थापना, पुनर्निर्माण गर्नेछौँ,’ पोस्टमा उल्लेख गरिएको छ ।
फेब्रुअरी २४ मा रुसी आक्रमण सुरु भएयता किएभबाहिर यो उनको पहिलो भ्रमण हो । खार्किभको भ्रमणमा गएका उनले स्थानीय सुरक्षा प्रमुखलाई सहरको ‘रक्षा नगरेको’ आरोपमा बर्खास्त गरेका छन् ।
युक्रेनको दोस्रो ठूलो सहर खार्किभ करिब १५ दिन जति शान्त रहे पनि रुसले पुनः आक्रमण सुरु गरेको छ ।
अप्रिल र मेमा रुसी सेनाहरु यो सहरबाट हटेपछि विस्थापित व्यक्तिहरु पुनः फर्किन सुरु गरेका छन् । रुसी आक्रमणपछि बन्द रहेको यहाँको मेट्रो सेवासमेत सुरु भएको थियो ।
ताजा अपडेट
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल


प्रतिक्रिया