NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख ७ गते

नक्कली नोटबाट किनमेल गरिरहेका बेला प्रहरी पुगेपछि…

वीरगञ्ज । पर्सा प्रहरीको टोलीले नक्कली नोट कारोबार गरेका आरोपमा दुई युवालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बहुदरमाई नगरपालिका–८ का १९ वर्षीय राजाबाबु साह तेली र पटेर्वासुगौली गाउँपालिका घर भई हाल बहुदरमाई नगरपालिका–८ बस्ने २० वर्षीय अजय सहनी छन् ।

पर्सा जगरनाथपुर गाउँपालिका–६ स्थित लागेको दुर्गा भगवती मेलामा नक्कली नेपाली रु एक हजार दरका नोट साट्दै गरेको अवस्थामा उनीहरूलाई २० थान (२० हजार नक्कली रकम) सहित प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले नक्कली नोट साटिरहेको खबर पाएपछि इलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको टोली पुगेको थियो । उनीहरू दुवै जनालाई मेलास्थलबाट नक्कली नोटसहित नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय पोखरियाले जनाएको छ ।

पक्राउ परेका अनुहरूमाथि मुद्रासम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको छ ।