एमसिसीबारे छलफल गर्न गठबन्धन दलको बैठक बस्दै
काठमाडौं । अमेरिकी सहयोग परियोजना (एमसिसी) बारेको छलफलमा आज पनि सत्ता साझेदार दल जुट्ने भएका छन् । यसबारे मतैक्यता निर्माण गर्ने प्रयत्नले आकार लिन नसकेपछि आज पनि सत्ता साझेदार दल छलफलमा बस्न लागेका हुन् ।
बैठक दिउँसो ३ बजे बस्ने छ ।
एमसिसीलाई लिएर सत्ता साझेदार दलबीच तीव्र विवाद छ । नेपाली कांग्रेस संसद्बाट पास गरिहाल्ने पक्षमा छ भने माओवादी केन्द्र र एकीकृत समाजवादी संशोधनपछि मात्रै अनुमोदन हुनुपर्ने अडानमा छन् । माओवादीले त यही अवस्थामा एमसिसी प्रतिनिधिसभामा पेश गरिएमा सरकारबाटै बाहिरिने चेतावनी दिइसकेको छ । केही दलचाहिँ एमसिसी खारेज नै हुनुपर्ने लाइनमा छन् ।
एमसिसी प्रस्ताव बुधबार नै प्रतिनिधिसभामा पेश गर्ने तयारी थियो । तर सत्ता साझेदार दलबीचको मतान्तरकै कारण स्थगित भएको छ ।
प्रतिनिधिसभाको आगामी बैठक भोलि (शुक्रबार) का लागि तय गरिएको छ । जसमा सहमति जुटाएर एमसिसी प्रस्ताव पेश गर्ने सरकारको तयारी छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया