पल शाहको न्यायका लागि हाम्रो टिम नेपालले आन्दोलन गर्ने
काठमाडौं । एक बालिकालाई बलात्कार गरेको आरोपमा थुनामा रहेका अभिनेता पल शाहको रिहाइको माग राख्दै ‘हाम्रो टिम नेपाल’ ले माइतीघरमा प्रदर्शन गर्दै आन्दोलन गर्न लागेको छ ।
पललाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्ने जिल्ला अदालत नवलपरासी र जिल्ला अदालत तनहुँको आदेशलाई उच्च अदालत पोखराले हिजो सदर गरेको थियो । पीडित भनिएकी नाबालिगले आफ्नो बयान बदलेपछि पलले छुट्कारा पाउनेमा आशावादी उनका समर्थकहरू उच्च अदालतको उक्त निर्णयले निराश बनेका छन् ।
पीडीत भनिएकी किशोरीले नै बलात्कार भएको हैन भन्न बयान दिइसकेपछि पललाई अझै पनि थुनामा राख्नु अन्याय भएको भन्दै आन्दोलनमा उत्रिन लागेको टिम नेपालले जनाएका छन् ।
पलको न्यायका लागि आज ४ बजे र भोलि पनि माइतीघरमा प्रदर्शन गरिने टिम नेपालले जनाएको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया