पल शाहको न्यायका लागि हाम्रो टिम नेपालले आन्दोलन गर्ने

काठमाडौं । एक बालिकालाई बलात्कार गरेको आरोपमा थुनामा रहेका अभिनेता पल शाहको रिहाइको माग राख्दै ‘हाम्रो टिम नेपाल’ ले माइतीघरमा प्रदर्शन गर्दै आन्दोलन गर्न लागेको छ ।
पललाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्ने जिल्ला अदालत नवलपरासी र जिल्ला अदालत तनहुँको आदेशलाई उच्च अदालत पोखराले हिजो सदर गरेको थियो । पीडित भनिएकी नाबालिगले आफ्नो बयान बदलेपछि पलले छुट्कारा पाउनेमा आशावादी उनका समर्थकहरू उच्च अदालतको उक्त निर्णयले निराश बनेका छन् ।
पीडीत भनिएकी किशोरीले नै बलात्कार भएको हैन भन्न बयान दिइसकेपछि पललाई अझै पनि थुनामा राख्नु अन्याय भएको भन्दै आन्दोलनमा उत्रिन लागेको टिम नेपालले जनाएका छन् ।
पलको न्यायका लागि आज ४ बजे र भोलि पनि माइतीघरमा प्रदर्शन गरिने टिम नेपालले जनाएको छ ।
प्रतिक्रिया