टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु
तनहुँ । पृथ्वीराजमार्ग सडकखण्डअन्र्तगत व्यास नगरपालिका–१२ देउरालीमा आज साँझ सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
प्रहरीले दिएको जानकारीअनुसार मृत्यु हुनेमा जिल्लाको बन्दीपुर–१ निवासी २१ वर्षीय स्कुटर चालक ईश्वर क्षेत्री रहेका छन् ।
टिपरको ठक्करबाट सख्त घाइते क्षेत्रीको दमौली अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
दमौलीबाट डुम्रेतर्फ जाँदै गरेको ग१क ५५३३ नंको टिपरले विपरीत दिशामा गुडिरहेको ग१५प १४८४ नंको स्कुटरलाई ठक्कर दिँदा उक्त घटना भएको हो । टिपर चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए । घटनापश्चात स्थानीयवासीले पृथ्वीराजमार्ग सडकखण्ड अवरुद्ध गरेका छन् ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया