काबुलबाट एक महिनामा दुई हजार पक्राउ
काबुल । अफगानिस्तानको राजधानी काबुलमा गत एक महिनामा आपराधिक गतिविधिमा संलग्न भएको आरोपमा प्रहरीले दुई हजार जनालाई पक्राउ गरेको राज्य सञ्चालित बख्तर समाचार संस्थाले सोमबार जनाएको छ ।
आन्तरिक मन्त्रालयका प्रवक्ता अब्दुल नाफी ताकारलाई उद्धृत गर्दै उक्त संस्थाले जनाएअनुसार यो अवधिमा अपहरण, चोरी, लागूऔषध तस्करीदेखि कार लुट्ने सम्मका ८५९ मुद्दा दर्ता भएका र करिब दुई हजार जना पक्राउ परेका थिए ।
अफगानिस्तानमा गत अगस्त १५ मा तालिवान समूहले सत्ता कब्जा गरेपछि तालिवान समूहको नेतृत्वमा सरकार चल्दै आएको छ ।
तालिवान समूहले सरकारविरोधी गतिविधिमा सम्लग्न विपक्षी समूहका नेता कार्यकर्तालाई यो वा त्यो बहानामा पक्राउ गर्ने र अनावश्यक तनाव दिने गरेको विपक्षी समूहहरूको दावी रहँदै आएको छ ।
अफगानिस्तानमा अस्थिर राजनीतिक परिस्थितिको लाभ उठाउँदै यो अवधिमा विभिन्न आपराधिक समूहहरू सक्रिय हुने गरेको सरकारी अधिकारीहरूको भनाई रहने गरेको छ ।
प्रहरीले पक्राउ परेकामध्ये अधिकांश आपराधिक गतिविधिमा सम्लग्न व्यक्ति र समूह रहेको जनाएको छ । उनीहरूविरूद्ध अनुसन्धान भइरहेको बताइएको छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया