राजेशपायल र सन्दीप क्षेत्रीसहितको टोलीले भेट्यो प्रचण्डलाई

काठमाडौं । गायक राजेश पायल राई र हाँस्य कलाकार सन्दीप क्षेत्रीसहित कलाकारको एक टोलीले आज नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेको छ ।
कलाकारको टोलीले उनकै निवास खुमलटार गएर प्रचण्डसँग भेट गरेको संगीतकार चेतन सापकोटाले जानकारी दिएका छन् । टोलीमा गायिका कल्पना दाहाल, रीता सिवाकोटी, करिश्मा ढकाललगायत पनि सहभागी थिए ।
प्रचण्डले कलाकारहरूसँग अलग–अलगसमेत भेटवार्ता गरेको संगीतकार सापकोटाले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।
प्रचण्डसँग कलाकारहरूले पारिवारिक वातावरणमा खुलेर मनका कुरा राखेका उनले बताएका छन् ।
प्रतिक्रिया