संघीयता सुहाउँदो निर्वाचन प्रणाली हुनुपर्छ
काठमाडाैं । राष्ट्रियसभाका सांसद जगप्रसाद तिमिल्सिनाले सङ्घीयता सुहाउँदो निर्वाचन प्रणाली हुनुपर्ने माग गरेका छन् । राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा बोल्दै संघीयता सुहाउँदो पूर्ण समानुपातिक निर्वाचन प्रणाली हुँदा भ्रष्टाचार न्यूनीकरण हुने उनले तर्क गरे ।
सांसद भगवती न्यौपानेले नेपालको परराष्ट्र नीतिको सम्बन्धमा सरकारको प्रस्ट धारणा हुनुपर्ने माग गर्दै यसका बारेमा सबै राजनीतिक दलहरुको सल्लाह सुझाव लिएर सन्तुलित नीति अवलम्बल गर्नुपर्नेमा जोड दिइन् । सांसद कृष्णप्रसाद पौडेलले मुलुकको समग्र विकासको आधार मानिने शिक्षाको अवस्था कमजोर बन्दै गएको भन्दै चिन्ता व्यक्त गरे ।
उनले समृद्ध, समतामूलक, सामाजिक न्यायमा आधारित समाज निर्माण गर्न सक्ने शिक्षाको आवश्यकता औँल्याउँदै सीपमूलक, ज्ञानमूलक र उत्पादनशील शिक्षा हुनुपर्नेमा जोड दिए । उनले भने, ‘उच्च शिक्षामा प्राविधिक विषय अध्ययन गर्ने विद्यार्थीको सङ्ख्या अत्यन्त कमजोर छ, देशको आवश्यकताका आधारमा शिक्षा प्रणाली हुनुपर्छ ।’
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया