महानगरको सार्वजनिक शौचालय अभियानमा जोडिने रेष्टुरेन्टलाई कर छुट नहुने
काठमाडौं । काठमाडौं महानगरपालिकाको सार्वजनिक शौचालय अभियानमा जोडिने होटल, रेष्टुरेन्ट तथा बैंकलाई कर छुट नहुने मेयर बालेन्द्र शाहले बताएका छन् ।
आइतबार नगर कार्यपालिकाको बैठकमार्फत उनले यो अभियानमा जोडिने कुनै पनि संस्थालाई कर छुट नहुने जानकारी गराएका हुन् ।
यो अभियानमा साथ दिनका लागि कसैलाई पनि कर नगरिएको र सबै आफ्नो इच्छाले आएको उनले बताए । यसअघि रेष्टुरेन्टलाई कर छुट दिने बताइएपछि बैंकहरु पनि यो अभियानमा जोडिएपछि भेदभाव गरेजस्तो हुने उनले बताए ।
एउटालाई दिने र अर्कोलाई नदिँदा भेदभाव हुने भएकाले अभियानमा जोडिने सबै संस्थालाई कर छुटको व्यवस्थाको साटो शौचालयमा आवश्यक सरसफाइ सामग्री दिइने उनले बताए ।
महानगरसँग सहकार्य गरेर सञ्चालनमा आएका ती शौचालयहरु २४ घण्टा सञ्चालनमा आउँदैनन् । सम्बन्धित संस्था तथा रेष्टुरेन्ट खुला हुने समयमामात्रै शौचालय सञ्चालनमा आउने उनले बताएका छन् ।
काठमाडाैं महानगरले यो वर्षभित्रै १० वटा सार्वजनिक शौचालय निर्माण गर्ने मेयर शाहले बैठकमार्फत जानकारी दिए । त्यसको लागि खुला प्रतिस्पर्धा हुने उनकाे भनाइ छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया