प्रदेश र संघको निर्वाचन आगामी मंसिरको पहिलो साता हुन्छ : प्रचण्ड
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंसिरको पहिलो साता प्रदेश र संघको निर्वाचन हुने दावी गरेका छन् ।
सोमबार बर्दियामा पत्रकारसँग कुराकानी गर्दै प्रचण्डले मंसिरको पहिलो हप्तामा निर्वाचन गर्ने तयारी भइरहेको जानकारी दिएका हुन् ।
‘निर्वाचन मंसिरमा हुन्छ । मंसिरमा चुनाव गर्नेबारे प्रतिपक्ष एमाले पनि सहमत देखिन्छ । सरकार पनि निर्वाचनको तयारिमा छ’, प्रचण्डले भने, ‘सुरक्षा जोखिमका कारण निर्वाचन एकचरणमा गर्ने कि दुई चरणमा गर्ने भन्नेमा छलफल भइरहेको छ ।’
स्थानीय तह निर्वाचनपछि मुलुकमा प्राप्त उपलब्धि गणतन्त्र, संघीयता र समावेशीताले बलियोसँग जरा गाडिएको भन्दै अब कसैले हल्लाउन नसक्ने उनले बताए ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया