सिकागोमा मात्रै गोली प्रहार गरी सप्ताहन्तमा पाँचको मृत्यु, १६ घाइते
सिकागो । अमेरिकामा पछिल्लो समय लगातार एकपछि अर्को गोली प्रहारको घटना भएका छन् । तीमध्ये सिकागोमा मात्रै पछिल्लो सप्ताहन्तमा भएका घटनामा परी कम्तीमा पाँच जनाको मृत्यु भएको छ भने अरु १६ जना घाइते भएका छन् ।
अमेरिकाभरी सुरक्षाका नाममा व्यक्ति व्यक्तिलाई बन्दुक राख्न अनुमति दिने की नदिने बहस चलिरहेका बेला घटना पनि बढी रहेका छन् ।
पछिल्लो समय गोली प्रहारका घटनामा परी धेरैको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन् ।
पछिल्लोपटक शनिबार दिउसो १२.१९ बजे साउथ अल्वानीमा भएको घटनामा परी ३७ बर्षिय एक महिलाको हत्या भएको छ ।
यात्रा गरिरहेकी ती महिलालाई अपरिचित व्यक्तिले विना कारण गोली प्रहार गरेर हत्या गरेको प्रहरीले जनाएको छ । प्रहरी अधिकारीहरुले घटनाका बारेमा अनुसन्धन भइरहेको जनाएका छन् ।
यही सप्ताहन्तमा सिकागोकै अन्य ठाउँहरुमा पनि गोली प्रहारका अन्य घटनाहरु समेत भएको प्रहरी कार्यालयले जनाएको छ ।
ताजा अपडेट
-
अर्जुनराज खनिया एनआईसी एशिया बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतमा बढुवा
-
यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
-
नेपालमा अवसर नै अवसर छन्, लगानी गर्नुस, सहकार्यका लागि हामी तयार छौँ : अध्यक्ष ढकाल
-
पर्सामा सात सय ३९ घरेलु उद्योग थपिए
-
नेपाल अन्तर्राष्ट्रिय लगानीको आकर्षक बनिसकेको छ : अर्थमन्त्री पुन
प्रतिक्रिया