युक्रेन हमलाका लागि रुसले बनावटी कारण खोजिरहेको छ : बाइडन
काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडनले रुसले युक्रेनमाथि हमला नगर्ने बताए पनि त्यो झुटो भएको र उसले बनावटी कारण खोजिरहेको दाबी गरेका छन् ।
रुस बनावटी कारणको खोजीमा रहेकाले सैन्य कारबाही तत्काल हुनसक्ने आशंका उनको छ । यद्यपि, उनले रुस–युक्रेन तनावको कूटनीति समाधान अझै सम्भव रहेको औंल्याए ।
‘रुसले युक्रेनमाथि आक्रमण नगर्ने बताए पनि हमलाका लागि उसले बनावटी कारण खोजिरहेको छ,’ बाइडेनलाई उद्धृत गर्दै बिबिसीले लेखेको छ ।
अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकनले रुसले युक्रेनमाथि कस्तो किसिमको हमला गर्छ भन्ने स्पष्ट नभए पनि उसले विभिन्न बहाना देखाउन सक्ने बताए ।
मस्कोले भने अमेरिकी दाबीलाई आधारहीन भनेको छ । अमेरिकाको प्रस्तुतिले थप तनाव बढाएको उसको आरोप छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया