राप्रपाको बैठक असारमा
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसमितिको बैठक आगामी असार ७ देखि ९ गतेसम्म काठमाडौँमा हुने भएको छ।
बैठकमा हालै सम्पन्न स्थानीय तहको निर्वाचनको समीक्षा, समसामयिक राजनीतिक अवस्थामा पार्टीले निर्वाह गर्नुपर्ने भूमिकाबारे छलफल हुने प्रचार विभागका सदस्य सचिव सुन्दर पाण्डेले जानकारी दिए ।
देशैभरबाट सहभागी हुने नेताले सम्बन्धित जिल्लामा पार्टीले सञ्चालन गरेका राजनीतिक तथा सामाजिक कार्यबारे बैठकमा रिपोटिङ गर्ने छन् । सातै प्रदेशमा सङ्गठनको अवस्था, कार्ययोजनाबारे प्रदेश प्रमुखले जानकारी गराउनका साथै आगामी प्रदेश र सङ्घीय निर्वाचनमा जनवर्गीय सङ्गठन परिचालन गरी पार्टीलाई धेरै स्थानमा विजयी बनाउन आवश्यक रणनीति बैठकमा तयार पारिने छ । पार्टीले विभिन्न विभागमा प्रमुख नियुक्त गरी जिम्मेवारी दिएको छ भने केहीमा प्रमुख तोक्ने कार्य जारी छ ।
ताजा अपडेट
-
इन्सपेक्टर पौडेलले गरे सगरमाथा आरोहण
-
ग्रिनकार्डको प्रलोभनमा बिहे गरेर चीनमा नेपाली युवतीको तस्करी
-
सिडिओ कार्यालयका अधिकृतलाई गोली हानी हत्या गर्ने १६ वर्षपछि समातिए
-
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक
-
वैशाख मसान्तसम्ममा ११ खर्ब ७७ अर्ब व्यापार घाटा
प्रतिक्रिया