बागमती प्रदेशका कर्मचारीलाई मासिक दुई हजार महँगी भत्ता
काठमाडौं । बागमती प्रदेश सरकारले कर्मचारीलाई दुई हजार महँगी भत्ता दिने भएको छ ।
निजामती र करार सेवा दुवै सेवामा आगामी साउन १ गतेदेखि लागू हुनेगरी प्रदेश सरकारले दुई हजार महँगी भत्ता दिने भएको हो ।
बुधबार आर्थिक वर्ष ०७९÷८० को बजेट सार्वजनिक गर्दै आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्मकट्टेलले बजेटमा प्रदेशका निजामती र करारमा कार्यरत कर्मचारीलाई आगामी साउन १ गतेदेखि लागू हुने गरी मासिक रु दुई हजार महँगी भत्ता दिने व्यवस्था मिलाइएको जानकारी दिए ।
त्यसैगरी, बागमती प्रदेशले कर्मचारीको तलब १५ प्रतिशतले वृद्धि गरेको छ । प्रदेश मातहतका कर्मचारीको सामूहिक रु १० लाख दुर्घटना बिमा गर्न बजेट विनियोजन गरिएको मन्त्री जम्मकट्टेलले जानकारी दिए ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया