अर्थमन्त्रीको राजीनामा माग्दै प्रमुख प्रतिपक्षी दल एमालेबाट संसद बैठक बहिस्कार

काठमाडौं । नेकपा एमालेले अर्थमन्त्रीको राजीनामा माग राख्दै संसद बैठक बहिस्कार गरेको छ ।
बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले अर्थमन्त्री जनार्दन शर्माको राजीनमा माग्दै संसद बैठक बहिस्कार गरेको घाेषाणा गरेकाे हो ।
‘बजेट निर्माणको क्रममा अर्थमन्त्रीकै कार्यकक्षा अनाधिकृत व्यक्ति प्रवेश गरी राजश्व हेरफेर गरी गम्भीर राष्ट्रघात भएको छ । यस विषयाम छानविन गर्न उच्चस्तरीय संसदीय समिति गठन गर्न माग गर्छौं’, भट्टराईले भने, ‘मध्यराति भएको सिसिटीभि फुटेजसहित जनतालाई सही सूचना दिनुपर्छ । यो विषयमा उचित छानविन नभएसम्म एमालेले संसद बैठक बहिस्कार गर्छ ।’
भट्टराईले आफ्नो सम्बोधन गरे लगत्तै एमाले सांसदले बिहीबारको बैठक बहिस्कार गरे । सांसदहरूले उठाएको प्रश्नको उत्तर दिँदै मन्त्री शर्माले बजेट प्रकृयागत रूपमा नै निर्माण भएको जवाफ दिए । मध्यराति आफू मन्त्री क्वाटरमा आएको र भोलिपल्ट बिहानमात्रै मन्त्रालय गएको स्पष्टिकरण उनले दिएका छन् ।
ताजा अपडेट
-
गृह मन्त्रालयका सहसचिव भट्टराई नियन्त्रणमा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा अख्तियारको छापा
-
अभिनेत्री वर्षा राउत सीजी मोटर्सको ब्रान्ड एन्डोर्सरमा नियुक्त
-
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनामाथि अख्तियारले चलायाे भ्रष्टाचार मुद्दा
-
गोरखामा बसको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु
प्रतिक्रिया