बालबालिकाका लागि फाइजर र मोडर्ना खोप प्रयोग गर्न अमेरिकाको अनुमति
काठमाडौं (एजेन्सी) । अमेरिकी खाद्य तथा औषधि प्रशासनले सबैभन्दा कम उमेरका बालबालिकामा फाइजर र मोडर्नाद्वारा विकसित कोभिड–१९ खोपको आपतकालिन प्रयोगका लागि शुक्रबार अनुमति प्रदान गरेको छ ।
अधिकांश मुलुकमा रोग प्रतिरोध क्षमताको पर्खाइमा रहेको यो अन्तिम उमेर समूह हो ।
एजेन्सीले छ महिनादेखि पाँच वर्षका बालबालिकाका लागि मोडर्नाको दुई मात्रा खोप र छ महिनादेखि चार वर्षबीचका केटाकेटीका लागि फाइजरको तीन मात्रा लिनसक्ने अनुमति दिएको हो ।
अमेरिकी खाद्य तथा औषधी प्रशासन प्रमुख रबर्ट क्यालिफले भने, ‘थुप्रै आमाबाबु, हेरचाह गर्ने र चिकित्सकहरूले साना बालबालिकाको लागि खोप सेवा पर्खिरहेका छन् र यस कार्यले छ महिना नपुगेका शिशुको सुरक्षासमेतमा मद्दत गर्नेछ ।’
यद्यपि, अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) ले खोपहरू प्रयोग गर्नुभन्दा पहिले अनुमति दिनुपर्छ । यो अन्तिम ग्रीनलाइट हो जुन विशेषज्ञहरूको सल्लाहकार समितिको बैठकपछि दिइनेछ । यो बैठक छिट्टै आयोजना हुने आशा गरिएको छ ।
तर अमेरिकी सरकारले एफडीएको निर्णय हुनेबित्तिकै तत्काल देशभर १० लाख मात्रा पठाउन सकिने बताएको छ । त्यसपछिका हप्ताहरुमा करोडौँ बढी खोपका मात्रा पठाउन सकिने बताइएको छ ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया