NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख ८ गते

चलचित्र विकास बोर्डको अध्यक्षमा आवेदन माग, योग्यता प्लस टू

काठमाडौं । सरकारले चलचित्र विकास बोर्डको अध्यक्षका लागि आवेदन आह्वान गरेको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आइतबार सूचना जारी गर्दै बोर्डको अध्यक्षमा आवेदन माग गरेको हो ।

सूचनाअनुसार प्रवीणता प्रमाणपत्र उत्तीर्ण ३० वर्ष पूरा भई ६५ वर्ष ननाघेकाले आवेदन दिन सक्नेछन् । तर स्नातक उत्तीर्णको हकमा २० वर्षको अनुभव हुनुपर्नेछ । स्नातक उत्तीर्ण गरेकासँग भने १० वर्षको अनुभव भए पनि पुग्छ ।

अध्यक्ष पद रिक्त भएपछि हाल सदस्य सचिवले बोर्डको प्रशासनिक कार्यको नेतृत्व गरिरहेका छन् ।