पाकिस्तानद्वारा २० भारतीय माझी रिहा

काठमाडौं (एजेन्सी) । पाकिस्तानले आफ्नो देशको क्षेत्रीय जल सीमा उल्लङ्घन गरेको आरोपमा पक्राउ परेका २० जना भारतीय माझीलाई रिहा गरेको छ ।
बन्दरगाह शहर कराँचीको जेलमा उनीहरूलाई चार वर्ष राखिएको थियो ।
आज काराबासमुक्त भएका भारतीय नागरिक यहाँबाट पूर्वी शहर लाहोरको बस चढेर स्वदेश फर्केका छन् भने कराँचीका जेलमा अझै पनि दर्जनौँ भारतीय माझी रिहाईको प्रतीक्षामा छन् ।
आज रिहा भएकाहरूलाई सीमा नाका बागामा भारतीय अधिकारीहरूलाई सुम्पिइनेछ ।
भारत र पाकिस्तानले बेलाबेलामा आफ्नो जलक्षेत्र पार गरेको आरोपमा एक अर्काका नागरिकलाई पक्राउ गर्दै आएका छन् भने द्विपक्षीय वार्तापछि केहीलाई प्रत्येक वर्ष रिहा पनि गर्दै आएका छन् । काश्मिर मुद्दालाई लिएर विगत सात दशकदेखि भारत र पाकिस्तानबीचको सम्बन्ध सुमधुर बन्न सकेको छैन । भारतले सन् २०१९ को अगष्टमा काश्मिरको विशेष स्वायत्ततालाई एकतर्फीरुपमा खारेज गरेपछि दुई देशबीचको सम्बन्ध थप तनावपूर्ण बनेको छ ।
ताजा अपडेट
-
वनमन्त्री शाही र भारतका वनमन्त्री यादवबीच भेटवार्ता
-
द्वन्द्वग्रस्त मुलुकमा शान्तिसुरक्षा र मानवीय सहायतामा नेपालको महत्वपूर्ण भूमिका छ : रक्षामन्त्री राई
-
गाजामा हृदय रोग र क्यान्सरकको उपचार बन्द
-
एमालेले मदन-आश्रित स्मृति दिवस मनाउने
-
आउँदो बजेटमा शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिन सांसदहरूको माग
प्रतिक्रिया