चार वर्षअघि जारी सुरक्षानीति किन राखियो गोप्य ?

काठमाडौं । चार वर्षअघि जारी सुरक्षा नीति सरकारले गोप्य राखेको छ । केपी ओली नेतृत्वको सरकारले ६ वर्षअघि जारी गरेको सुरक्षा नीति २० वैशाख ०७३ मा रक्षा मन्त्रालयको वेबसाइटमा राखेको थियो । तर, ओली नेतृत्वकै सरकारले ४ जेठ ०७५ मा जारी गरेको सुरक्षा नीतिलाई सरकारले ‘अति गोप्य’ श्रेणीमा राखेको छ ।
सरोकारवाला निकायलाई मात्रै सरकारले सुरक्षा नीति उपलब्ध गराएको छ । राष्ट्रिय सुरक्षा नीति, २०७५ मा पृष्ठभूमि, सुरक्षा वातावरण, दीर्घकालीन सोच र लक्ष्य, राष्ट्रिय मूल्य र मान्यता, राष्ट्रिय हित, चुनौती र खतरा, नीतिगत प्रबन्ध र कार्यान्वयन मार्गनिर्देशन गरी आठ भाग छ । जम्मा २८ पृष्ठको नीतिमा विभिन्न उपशीर्षकमा ५६ बुँदे सुरक्षा चुनौती र खतरा किटान गरेको छ । सुरक्षा नीति तयार भएको चार वर्षपछि सरकारले पनि कार्यान्वयनका लागि एकीकृत कार्ययोजना तयार गरेको छ ।
ताजा अपडेट
-
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, नीति तथा कार्यक्रम पारित गरिने
-
आजको मौसम पूर्वानुमान : पहाडी भू भागमा आंशिक बदली हुन
-
सुरु भयो यस वर्षको सर्वोच्च शिखर आरोहण, ४२१ चुचुरोतिर
-
तीन प्रदेशमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना
-
‘भारतबाट जिटुजीमार्फत मल आउँदै छ, यस वर्ष अभाव हुन्न’
प्रतिक्रिया