धनुषाबाट हतियारसहित तीन भारतीय पक्राउ
काठमाठौं । धुनषाबाट हतियारसहित तीनजना भारतीय नागरिक पक्राउ परेका छन् ।
उनीहरूलाई सशस्त्र प्रहरी बलले सोमबार विदेह नगरपालिका–१ महिनाथपुरबाट हतियारसहित पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा भारतको बिहार राज्यअन्तर्गत मुजफ्फरपुर ७ साहेबगञ्ज निवासी २९ वर्षीय राहुल रञ्जन, २० वर्षीय उज्जवल कुमार तथा २६ वर्षीय सञ्जय कुमार छन् ।
उनीहरू जनकपुरधामबाट भारततर्फ जाँदै गरेको बिआर ०६ एपी ३००८ नम्बरको कारमा सवार भएको अवस्थामा पक्राउ परेका हुन् ।
उनीहरूको साथबाट मेड इन युएसए लेखिएको ७.६२ एमएमको एक राउण्ड गोली लोड भएको पेस्तोल बरामद भएको छ । उक्त पेस्टोल कारको अगाडिपट्टि सिटमुनि भएको पाइएको सशस्त्र प्रहरीले जनाएको छ ।
पक्राउ परेकालाई इलाका प्रहरी कार्यालय खजुरीको जिम्मा लगाइएको सशस्त्र प्रहरीले जानकारी दिएको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया