भारतीय गाडीसहित तीन भारतीय युवा पक्राउ
महोत्तरी । प्रहरीले नेपाल भारत सीमा क्षेत्र नजिकबाट कागजपत्र नभएको तीन भारतीय गाडीसहित तीनजना भारतीय युवालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार भारतको बिहार राज्यको सीतामढी जिल्लाको केशवरपुर ग्रामपञ्चायत–३ बस्ने २४ वर्षीय अमरेश कुमार, बैरगामा ग्रामपञ्चायत–९ बस्ने २८ वर्षीय लालबाबु राय र २५ वर्षीय सुनिल कुमारलाई दुईवटा चार चक्के र एक मोटरसाइकलसहित पक्राऊ गरिएको हो ।
जिल्ला सदरमुकाम जलेश्वर नगरपालिका–५ चौरिया गाउँमा भारतबाट गाडीको कागजपत्र र नेपाल प्रवेश गर्ने भन्सार अनुमतिपत्र बिना बिआर ०६ बिवाई ५५४५ र डिएल ९ सिक्युएस २६८१ नंको दुईवटा मारुती सुजुकी कार र बिआर ३० एम ७५७४ नंको मोटरसाइकल लिएर नेपाल आएका तीनै जनालाई प्रहरी चौकी चौरिया र जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटिगएको विशेष प्रहरी टोलीले पक्राउ गरेको थियो ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया