विद्युत प्राधिकरणमा कर्मचारी मृत फेला

काठमाडाैं । नेपाल विद्युत प्राधिकरणको केन्द्रीय कार्यालयमा कर्मचारी मृत फेला परेका छन् ।
काठमाडौं महानगरपालिका २८ रत्नपार्कस्थित नेपाल विद्युत प्राधिकरणको इलेक्ट्रोनिक चौथो तहमा कार्यरत ४५ वर्षीय सलेन्द्र हमाल मृत फेला परेका हुन् । उनको स्थायी घर कैलाली रहेको बताइएको छ । उनी काठमाडौं, टोखा नगरपालिका १० बस्दै आएका थिए ।
काठमाडौं परिसरका प्रवक्ता एसपी दिनेशराज मैनालीका अनुसार उनी सुतिरहेको अवस्थामा मृत फेला परेका हुन्। उनको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको र थप अनुसन्धान भइरहेको छ ।
ताजा अपडेट
-
नेप्से २२ अंकले घट्यो
-
यस्तो छ स्पेन भ्रमणबारे संसद्मा प्रधानमन्त्रीको सम्बोधन (पूर्णपाठ)
-
स्पेन भ्रमणबाट विकास साझेदारीका प्राथमिकता मुखरित भएको छ : प्रधानमन्त्री
-
विपिन जोशीको रिहाइका लागि पहल जारी राख्न इजिप्टलाई आग्रह गरेको छु : प्रधानमन्त्री
-
मनसुनजन्य विपद : काभ्रेमा हजार बढी घरपरिवार उच्च जोखिममा
प्रतिक्रिया