राजस्व न्यायाधीकरणमा अर्बौंको धरौटी चलखेल

काठमाडौं । राजस्व न्यायाधीकरणहरूले साढे १२ अर्ब रकम गोलमाल गरेको पाइएको छ । पुनरावेदन दर्ता गर्दा दाखिला गर्नुपर्ने धरौटी १२ अर्ब ६२ करोड १७ लाख रूपैयाँ कम भएको संसदीय समितिको प्रारम्भिक अध्ययनले देखाएको छ । जबकि, धरौटी १३ अर्ब १७ करोड रूपैयाँ उठ्नुपथ्र्यो ।
१ हजार १८ मुद्दामध्ये ८ सय ८५ वटाको विवरण अध्ययन गर्दा समितिले यो तथ्य फेला पारेको हो ।
२०७८÷७९ मा विचाराधीन १३३ वटा मुद्दाको पुनरावेदन विवरण भने प्राप्त नभएको भन्दै समितिले ध्यानाकर्षण गराएको छ । चारवटै न्यायाधीकरण कार्यालयहरू (काठमाडौं, पोखरा, विराटनगर र नेपालगञ्ज) को छुट्टाछुट्टे तथ्यांकलाई केलाउँदा धरौटी रकम अपुग देखिएको समिति सचिव डा. रोजनाथ पाण्डे बताउँछन् । आजको अन्नपूर्ण पोस्ट् दैनिकमा खबर छ ।
ताजा अपडेट
-
चलचित्र विकास बोर्डका ३३ सेवा अनलाइनबाट लिन सकिने
-
हैजा रोग नियन्त्रणका लागि काठमाडौँ महानगर क्षेत्रमा जनचेतनामूलक कार्यक्रम
-
नेपालमा लगानी गर्न मलेसियाका लगानीकर्तालाई आग्रह
-
हुम्लाका तीन स्थानीय तहका विभिन्न बस्तीमा टेलिफोन सेवा अवरुद्ध
-
कर्णाली राजमार्गमा ठूला सवारीसाधन सञ्चालनमा रोक
प्रतिक्रिया