एमसिसीको विरोध गर्नुअघि रावलले ओली र अरुले प्रचण्ड-नेपालविरुद्ध मुर्दावादको नारा लगाउनुपर्छ : गगन थापा

काठमाडौं । कांग्रेस महामन्त्री गगन थापाले एमसिसीको विरोध गर्नु अघि इतिहास सम्झिन नेताहरूको ध्यानाकर्षण गराएका छन् । यस अघि नै केपी ओलीले एमसिसीलाई अघि बढाएको भन्दै अहिले नारा लगाउनु अघि भीम रावलले केपी ओली मुर्दावाद र राष्ट्रघाती हो भनेर नारा लगाउनुपर्ने बताएका हुन् । अहिले विराेध गर्ने सांसदले अरूले प्रचण्ड र माधव नेपाल मुर्दावाद भनेर नारा लगाउनुपर्ने थापाले बताए ।
‘एमसिसीबारे आज टेबल भएको प्रस्ताव यस अघि केपी ओली नेतृत्वको मन्त्रिपरिषद्ले पारित गरेको प्रस्ताव हो । आज यही प्रस्ताव टेबल भएको हाे’ थापाले भने, ‘केही नेताहरू एमसिसी राष्ट्रघाती हो भनिरहेकमा छन् । तर एमसिसी राष्ट्रघाती हो भने भीम रावलहरूले सबैभन्दा पहिले केपी ओली राष्ट्रघाती हो भन्दै मुर्दावादको नारा लगाउने हिम्मत जुटाउनुपर्छ । साथै, पुष्पकमल दाहाल प्रचण्ड र र माधव नेपाल पनि राष्ट्रघाती हुन् भनेर सांसदहरूले मुर्दावादको नारा लगाउन सक्नुपर्छ ।’
एमाले र माओवादीका सांसदले यति गरेपछि मात्रै एमसिसीबारे अरु कुरा राख्नुपर्ने जिकिर थापाको छ ।
छलफलमा सबै पार्टीले भाग लिइसकेको भन्दै अब १२ गतेको संसद् बैठकमा छलफल अघि बढ्ने जानकारी पनि थापाले दिए ।
सुरुबाटै अवरोध नगरी बोलेपछि मात्रै अवरोध गरेकोप्रति लक्षित गर्दै थापाले एमसिसीमा सबै दलको समर्थन गरेको दाबी गरे ।
ताजा अपडेट
-
आईपीएल : आरसीबीले पञ्जाबलाई दियो १९१ रन लक्ष्य
-
काठमाडौं महानगर प्रहरी प्रमुख पाण्डे निलम्बित, जोशीलाई नयाँ जिम्मेवारी
-
यातायात व्यवसायीको आन्दोलन फिर्ता, सार्वजनिक सवारी साधन चल्ने
-
विपद् व्यवस्थापनमा क्रियाशील हुन गृहमन्त्रीको निर्देशन
-
गण्डकीमा राइड सेयरिङ नियमावली एक महिनाका लागि स्थगित
प्रतिक्रिया