धर्मेन्द्र झालाई स्वतन्त्र सेनानी सम्मान

शंकर चापागाई (पाँचथर) । स्वतन्त्र सेनानी सम्मान तथा पुरस्कारबाट नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष तथा राष्ट्रिय समाचार समितिका अध्यक्ष धमेन्द्र झालाई सम्मान गरिएको छ । नेपाल पत्रकार महासंघ पाँचथर शाखाद्वारा प्रदान गरिने उक्त सम्मानबाट झालाई सम्मानित गरिएको हो ।
शाखाको सभाहलमा शनिबार आयोजित कार्यक्रममा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका लागि झाले पत्रकारिताको माध्यमबाट निर्वाह गरेको भूमिकाको कदर गर्दै शाखाले स्वतन्त्रता सेनानी सम्मान प्रदान गरेको हो ।
झालाई नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल, जिल्ला समन्वय समिति पाँचथरका प्रमुख रामराज आङदेम्बे, फिदिम नगरपालिकाका मेयर मित्रप्रसाद काफ्ले लगायतले उक्त सम्मान प्रदान गरेका थिए । झालाई सो सम्मानका साथ ३३ हजार ३ सय ३३ रुपैँया नगद सहित पुरस्कृत समेत गरिएको थियो ।
महासंघको पाँचथर शाखाले २०७२ सालदेखि प्रत्येक वर्ष प्रदान गर्दै आएको उक्त सम्मानबाट यस अघि विष्णु निष्ठुरी, शिव गाँउले, किशोर नेपाल, तारानाथ दाहाल, हरिहर विरही र महेन्द्र विष्ट सम्मानित भइसकेका छन् ।
यस्तै स्व. प्रजापति–जालपादेविख खेलकुद पत्रकारिता पुरस्कारबाट नेपाल टेलिभिजनका पाँचथर संवाददाता विजयवोध लावती पुरस्कृत भएका छन् । लावतीलाई १० हजार रुपैँया नगद सहित सहित सम्मान पत्र प्रदान गरिएको थियो ।
यसैगरी सोही अवसरमा स्व. हरिचरण–भद्रमाया वातावरण पत्रकारिता पुरस्कारबाट मितेरी एफएमका स्टेशन म्यानेजर खविन लुईटेल पुरस्कृत भएका छन् । लुईटेललाई नगद ५ हजार ५ सय ५५ रुपैँया नगद सहित सम्मानपत्र प्रदान गरिएको थियो ।
यसैवीच शाखाले चालु आर्थिक बर्षमा जिल्लामा रहेर उत्कृष्ट फिचर र फोटो प्रकाशित गर्ने पत्रकारलाई समेत पुरस्कृत गरेको छ । फिचर तर्फ कान्तिपुरकर्मी लक्ष्मी गौतम र फोटो तर्फ रा.स.स पाँचथरका संवाददाता रविन्द्र काफ्ले पुरस्कृत भएका छन् ।
उनीहरुलाई जनही नगद ५/५ हजार रुपैँया सहित सम्मानपत्र प्रदान गरिएको थियो । कार्यक्रम नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलको प्रमुख आतिथ्यता तथा पाँचथर शाखा अध्यक्ष गिरिराज बाँस्कोटाको अध्यक्षतामा सम्पन्न भएको थियो ।
प्रतिक्रिया