प्रचण्डपुत्री गंगा र ज्वाइँ जीवनदेखि दिननाथकी छोरीसम्म माओवादीका केन्द्रीय सदस्य (सूचीसहित)
काठमाडौं । माओवादी केन्द्रको बसेको पहिलो केन्द्रीय समितिको बैठकले पार्टीको केन्द्रीय समिति बिस्तार गरेकोे छ ।
केन्द्रीय समिति सदस्यमा मनोनीत हुनेमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी कान्छी छोरी गंगा दाहालदेखि ज्वाइँ जीवन आचार्यसम्म छन् ।
त्यस्तै, माओवादी नेता दीनानाथ शर्माकी छोरी कल्पना शर्मा पनि केन्द्रीय सदस्य बनेकी छिन् ।

प्रचण्डले यसअघि गंगा र जीवनलाई केन्द्रीय सदस्यमा प्रस्ताव गर्दा चर्को विरोध भएको थियो । त्यसपछि उनी केही समय पछि हटेका थिए ।
तर आज पुनः मनोनीत गर्न सफल भएका छन् ।
माओवादी केन्द्रको बैठकले आज ३७३ जना केन्द्रीय सदस्यको नाम टुंगो लगाएको हो । ३७७ जना केन्द्रीय सदस्य रहने भनिए पनि चार जनाको ठाउँ खाली राखिएको छ ।
त्यस्तै माओवादी केन्द्रले ८६ सदस्यीय वैकल्पिक केन्द्रीय सदस्यको नाम पनि सार्वजनिक गरेको छ । यसमा पनि ८ जनाको नाम खाली राखिएको छ । जम्मा ९४ जना हुने पर्ने थियो ।
यसअघि केन्द्रीय समिति २९९ सदस्यीय हुने भनिए पनि पछि थपिएको थियो ।
हेरौं केन्द्रीय सदस्यको सूची :
ताजा अपडेट
-
चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान
-
गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’
-
दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन
-
कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण
-
सुनकोशी नदीमा टाटा सुमो खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता


प्रतिक्रिया