दीपिकाको मातृभाषा सिक्दै रणवीर
एजेन्सी । बलिउड अभिनेत्री आलिया भट्ट गर्भवती भएसँगै सामाजिक सञ्जालमा दीपिका पादुकोण र रणवीर सिंहलाई लिएर थुप्रै ट्रोल बने ।
यता अभिनेता रणभीर सिंह भने भविष्यमा जन्मिने सन्तानका लागि श्रीमती तथा अभिनेत्री दीपिका पादुकोणको मातृभाषा कोंकणी सिक्न थालेका छन् । भविष्यमा आफ्ना बच्चासँग कोंकणीमा संवाद गर्न सहज होस् भनेर आफूले पनि यो भाषा सिकिरहेको रणवीरले एक कार्यक्रममा बताएका हुन् ।
पछि गएर आफ्ना बच्चासँग दीपिकाले कोंकणीमा कुरा गर्ने र आफूले नबुझ्ने अवस्था आउन नदिनका लागि भाषा सिकिरहेको उनले बताएका छन् । योसँगै उनी दीपिकाले बच्चाहरूलाई आफ्नो विरुद्धमा नभड्काओस् भन्ने पनि चाहन्छन् ।
पादुकोण र सिंहद्वय केही समयअघि भारतीय क्रिकेटका पूर्व कप्तानको जीवनीमा आधारित फिल्म ‘८३’ मा देखिएका थिए । हाल दीपिका ‘फाइटर’, ‘पठान’ लगायतका फिल्ममा व्यस्त छिन् । रणवीर यतिबेला ‘सर्कस’ र ‘रकी और रानी क प्रेम कहानी’ मा व्यस्त छन् ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया