NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ असार १७ गते

पछिल्लो २४ घण्टामा देशभर २५ जनाले गरे आत्महत्याको प्रयास

काठमाडौं । गएको २४ घण्टामा देशभर २५ जनाले आत्महत्याको प्रयास गरेका छन्। आत्महत्याको प्रयास गर्नेमध्ये दशजनाको मृत्यु भएको छ भने १५ जनाको उद्धार गरिएको छ।

त्यसमध्ये झुण्डिएर आत्महत्या गर्नेको संख्या ९ र विष सेवन गर्नेको संख्या एक रहेको छ । भुण्डिएर आत्महत्या गर्न खोज्ने चार र विष सेवन गर्न खोज्ने ११ जनालाई उद्धार गरिएको हो।

सुरक्षा निकायले सरकारलाई बुझाएको एक प्रतिवेदनका अनुसार झुण्डिएर आत्मत्या गर्नेमा मोरङका एक पुरुष, भोजपुरकी एक महिला, नवलपुर पूर्वमा एक महिला, स्याङ्जामा एक महिला, नुवाकोेटमा एक महिला, सिधुपाल्चोकमा एक महिला, कैलालीमा एक महिला र संखुवासभामा एक महिला रहेका छन्।

मोरङमा एक महिलाले विष सेवन गरी आत्महत्या गरेकी छन्।

त्यस्तै, झापा र सुनसरीमा एक–एक पुरुष, एक महिला र दाङमा एक महिलालाई झुण्डिएर आत्महत्या गर्दै गरेको अवस्थाबाट उद्धार गरिएको हो ।

प्रकाशित मिति: शुक्रबार, माघ १४, २०७८, १२:३७:००

ताजा अपडेट

नेपालवाच विशेष