नारायणकाजीलाई वरिष्ठ उपाध्यक्ष बनाउने प्रचण्डको संकेत !
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज पार्टीका पदाधिकारी छुंग्याउन सकेनन् । तर, उनले वरिष्ठ उपाध्यक्षमा भने नारायणकाजी श्रेष्ठ हुने संकेत गरेका छन् ।
आज काठमाडौंमा बसेको केन्द्रीय समितिको बैठकमा पोलिटब्युरो र स्थायी कमिटीको घोषणा गरेपछि प्रचण्डले वरिष्ठ उपाध्यक्षणमा श्रेष्ठको नाम लिएका थिए ।
‘वरिष्ठ उपाध्यक्षमा त नारायणकाजीको विकल्प को छ र ?, प्रचण्डले भने ।
गृहकार्य नपुगेकाले पदाधिकारीको टिम नै घोषणा गर्न भने दुई–चार दिन लाग्ने उनले बताए ।
पदाधिकारीमा सबैको टुंगो लागे पनि महासचिव र उपमहासचिवमा थोरै मिलाउनुपर्ने भएकाले थोरै समय चाहिएको प्रचण्डको भनाइ थियो ।
महासचिवका लागि वर्षमान पुन र जनार्दन शर्मा दुवै आकांक्षी छन् । यसले प्रचण्डलाई अफ्ठ्यारोमा पारेको बताइएको छ । कुरा नमिले देव गुरुङलाई पनि अघि सार्ने सम्भावना रहेको प्रचण्डनिकट स्रोत बताउँछ ।
४१ जना स्थायी समिति सदस्य प्रस्ताव गर्दै प्रचण्डले भने, ‘पदाधिकारीमा गृहकार्य पुगेन’
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया