कृषि विकास बैंकले माग्यो १५२ कर्मचारी, कुन पदमा कति ?
काठमाडौं । कृषि विकास बैंकले स्थायी सेवाका लागि विभिन्न पदमा १५२ जनशक्ति माग गरेको छ ।
लोक सेवा आयोगको सहमतिमा बैंकले खुला, समावेशीअन्तर्गत अधिकृतदेखि सहायकसम्मका पदमा १५२ जनशक्ति माग गरेको हो ।
बैंकले व्यवसाय अधिकृतमा सबैभन्दा धेरै ४७ जनशक्ति मागेको छ । त्यसैगरी, लेखापाल ३४, व्यवसाय सहायक २३ र कर्जा अधिकृतमा १३ जना माग गरिएको छ ।
आगामी साउन १२ गतेसम्म सिंगल र साउन १९ गतेसम्म दोब्बर दस्तुर तिरेर आवेदन बुझाउन सकिनेछ ।
आवेदन अनलाइनमार्फत बुझाउन सकिनेछ ।
त्यसैगरी, बैंकले आन्तरिक बढुवाका लागि पनि प्रक्रिया अघि बढाएको छ ।

ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया