कृषि विकास बैंकले माग्यो १५२ कर्मचारी, कुन पदमा कति ?
काठमाडौं । कृषि विकास बैंकले स्थायी सेवाका लागि विभिन्न पदमा १५२ जनशक्ति माग गरेको छ ।
लोक सेवा आयोगको सहमतिमा बैंकले खुला, समावेशीअन्तर्गत अधिकृतदेखि सहायकसम्मका पदमा १५२ जनशक्ति माग गरेको हो ।
बैंकले व्यवसाय अधिकृतमा सबैभन्दा धेरै ४७ जनशक्ति मागेको छ । त्यसैगरी, लेखापाल ३४, व्यवसाय सहायक २३ र कर्जा अधिकृतमा १३ जना माग गरिएको छ ।
आगामी साउन १२ गतेसम्म सिंगल र साउन १९ गतेसम्म दोब्बर दस्तुर तिरेर आवेदन बुझाउन सकिनेछ ।
आवेदन अनलाइनमार्फत बुझाउन सकिनेछ ।
त्यसैगरी, बैंकले आन्तरिक बढुवाका लागि पनि प्रक्रिया अघि बढाएको छ ।
ताजा अपडेट
-
संसदमा रवि लामिछानेको टेलिभिजन प्रस्तोताको शैली, गगनदेखि चित्रबहादुरसम्मलाई संगिन आरोप
-
श्रीलंकामा आर्थिक संकटका कारण रोकिएको विद्यार्थीको स्वास्थ्य बिमा कार्यक्रम पुनः सञ्चालन
-
‘केटी काण्ड’ले प्रहरी जवानको हत्या
-
मेची भन्सारबाट एघार अर्ब भन्दा बढी राजस्व संकलन
-
मौद्रिक नीतिको प्रभावले सेयर बजारमा हरियाली
प्रतिक्रिया