बुढीगंगामा एमालेलाई अग्रता, पछ्याउँदै कांग्रेस
काठमाडौं । बाजुराको बुढीगंगा नगरपालिकाको मेयर र उपमेयर दुवै पदको प्रारम्भिक मतगणनामा नेकपा एमालेका उम्मेदवार अगाडि लागेका छन् ।
प्राप्त पछिल्लो मत परिणामअनुसार एमालेका मेयर उम्मेदवार रामबहादुर बानियाँले ४३९ मतले अग्रता बनाइरहेका छन् । उनलाई पछ्यारहेका नेपाली कांग्रेसका रंगबहादुर खातीको मत ८८६ छ ।
त्यसैगरी, उपमेयरमा एमालेकी मायाकुमारी खड्काले १२९० मत पाएकी छन् । उनलाई पछ्यारहेकी कांग्रेसकी रीता शाहीले ९१९ मत हासिल गरेकी छन् ।
गत वैशाख ३० मा भएको मतदान विवादित बनेपछि यहाँ पुनः चुनाव भएको हो । हालसम्म यहाँको २ वडाको मतगणना सकिएको छ । जसमा एमालेका उम्मेदवार विजयी भएका छन् ।
ताजा अपडेट
-
तातोपानी नाका तीन दिनका लागि खुला
-
चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान
-
गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’
-
दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन
-
कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण


प्रतिक्रिया