परराष्ट्रमन्त्री खड्का र विदेश विभाग प्रमुख लिउबीच भेटवार्ता
काठमाडौं । परराष्ट्रमन्त्री डा नारायण खड्का र चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियानचाओबीच शिष्टाचार भेटवार्ता भएको छ ।
मन्त्रालयमा आज भएको भेटमा उनीहरूबीच द्विपक्षीय सम्बन्धलाई थप प्रगाढ तुल्याउने विषयमा विचारविमर्श भएको मन्त्रालयले जनाएको छ । विदेश विभाग प्रमुख लिउले आजै प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरी नेपाल र चीनबीचको आपसी हितका विषयमा छलफल गरेका थिए ।
विदेश विभाग प्रमुख लिउ नेतृत्वको प्रतिनिधिमण्डल नेपालको तीन दिने भ्रमणमा आज बिहान काठमाडौं आइपुगेको हो ।
किन आए चिनियाँ विदेश विभाग प्रमुख नेपाल ? यस्तो छ चीन मामिलाका जानकारको बुझाइ !
ताजा अपडेट
-
तातोपानी नाका तीन दिनका लागि खुला
-
चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान
-
गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’
-
दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन
-
कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण


प्रतिक्रिया