एमालेका कार्यकर्ताले प्रधानमन्त्री देउवाको पुत्ला जलाए
काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का कार्यकर्ताहरूले प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला जलाएका हुन् ।
देशमा महँगी र भ्रष्टाचार बढेको तथा आर्थिक संकट उत्पन्न हुँदा पनि सरकारले ध्यान नदिएको भन्दै एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ प्रधानमन्त्री देउवाको पुत्ला दहन गरेको हो ।
प्रदर्शनमा सहभागी कार्यकर्ताहरूले गठबन्धन सरकार श्रीलंकाको बाटो हिँडिरहेको भन्दै नाराबजीसमेत गरेका थिए ।
प्रदर्शनपछि उनीहरूले प्रधानमन्त्रीको पुत्ला जलाएका हुन् । सोक्रममा प्रहरीसँग झडपसमेत भएको थियो ।
विरोध प्रदर्शनपछि आयोजित कोण सभालाई सम्बोधन गर्दै युवासंघका अध्यक्ष किरण पौडेलले नेपालको अर्थतन्त्र कमजोर रहेको अवस्थामा कमिसनका लागि हतियार किन्ने सरकारले किसानलाई चाहिने मल किन्नतिर ध्यान नदिएको बताए ।
‘हतियार किन्ने निर्णय नरोकिएसम्म निरन्तर आन्दोलन जारी रहनेछ,’ उनले भने ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया