आगलागीस्थलमा पुगे मेयर शाह

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह भृकुटीमण्डपस्थित आगलागी भएको ठाउँमा पुगेका छन् ।
उनी केहीबरअघि त्यहाँ पुगेर त्यहाँको अवस्थाबारे जानकारी लिएका छन् ।
भृकुटीमण्डलको पुरानो सिनेमा हल क्षेत्रनजिकै आगलागी भएको छ । त्यहाँस्थित ह्विलचियरको गोदाममा आगलागी भएको प्रहरीले जनाएको छ ।
आगलागी भएको थाहा पाउनासाथ काठमाडौं महानगरपालिकाको दमकल उक्त स्थानमा पुगेको थियो ।
पछि ललितपुर महानगरको पनि दमकल थपिएको थियो ।
अग्नि नियन्त्रक, नेपाली सेना, नेपाल प्रहरी रसशस्त्र प्रहरी बलको टोलीले आगो निभाउन जुटेका छन् ।
यस घटनाको कारण खुल्न सकेको छैन ।
ताजा अपडेट
-
भारतबाट फर्केका सुदूरपश्चिमका पाँच जनामा कोरोना सङ्क्रमण
-
मुलुकको अर्थतन्त्र विस्तारै लयमा फर्कँदै छ : महासचिव पोखरेल
-
मुन्दुम अन्तर्राष्ट्रिय कला सङ्ग्रहालय भवन निर्माणका लागि तीन करोड बजेट
-
नारायणगढ–बुटवल सडक खण्ड अवरुद्ध
-
मधेश प्रदेशद्वारा ‘बच्चाके स्कुल पठाऊ, साक्षरताके दीप जलाऊ’ कार्यक्रम घोषणा
प्रतिक्रिया