‘गाई’ माग्दै सर्वोच्च पुगे कमल थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापा चुनाव चिह्न गाई माग्दै सर्वोच्च अदालत पुगेका छन् ।
थापाले निर्वाचन आयोगलाई विपक्षी बनाएर गाई चुनाव चिन्ह माग गर्दै बिहीबार सर्वोच्च अदालतमा रिट दायर गरेको राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।
रिटको सुनुवाइ शुक्रबार हुने बताइएको छ ।
राप्रपासँग एकीकरण हुनुअघि राप्रपा नेपालको चुनाव चिह्न गाई थियो । गत स्थानीय तह निर्वाचनका लागि भने निर्वाचन आयोगले राप्रपा नेपाललाई तीर चुनाव चिह्न उपलब्ध गराएको थियो । यद्यपि, सो पार्टीले भने गाई माग्दै आएको छ ।
ताजा अपडेट
-
नेप्से परिसूचक २८ अंकले बढ्यो
-
नेपालको कृषि क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानीका लागि परराष्ट्र मन्त्रीको आग्रह
-
मनसुनका एक महिना : ६७४ घटना, ३१ जनाको मृत्यु, ११२ घाइते
-
सिक्टा सिँचाइ : पश्चिमी मूल नहरको छैटौँ शाखा नहर निर्माण सम्पन्न
-
आर्थिक कुटनीति र लगानी प्रर्वद्धनका लागि चेम्बर र आईआरजीडीडीबीच सम्झौता
प्रतिक्रिया