नेशनल लाइफ ३४ वर्ष पुरा गरी ३५ औ वर्षमा प्रवेश
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी ३४ औ वर्ष पुरा गरी ३५ औ वर्षमा प्रवेश गरेको छ ।
वार्षिकोत्सवको अवसरमा प्रमुख कार्यकारी अधिकृत सुरेस प्रसाद खत्रीले विश्वासको साथ सहकार्य गर्ने सम्पूर्ण ग्राहक, कर्मचारी, अभिकर्तालगायतलाई धन्यवाद्सहित शुभकामाना व्यक्त गरेको छ । साथै नियामक निकायलगायत अन्य सम्बन्धित संस्थाहरुबाट प्राप्त मार्गदर्शन र सहयोगको लागि कृतज्ञता व्यक्त गरेको छ ।
कोभिड १९ का कारण औपचारिक रुपमा जमघट हुने गरी कुनै पनि कार्यक्रम आयोजना भने नगरेको कम्पनीले जानकारी दिएको छ । नेपालको अग्रणी जीवन बीमा कम्पनीको रुपमा स्थापित नेशनल लाइफले आर्थिक वर्ष २०७६/७७ मा आफ्ना बीमितलाई सर्वाधिक धेरै बोनसदर दिन सफल भएको छ । कम्पनीले यस चालु आर्थिक वर्षका लागि बीमितलाई न्युनतम प्रतिहजार ६४ रुपैयाँदेखि अधिकतम प्रतिहजार ८५ रुपैयाँसम्म दिएको छ ।
यहि आर्थिक वर्षको मुनाफाबाट कम्पनीले शेयरधनीहरुलाई १९ प्रतिशत बोनस शेयर र एक प्रतिशत नगद लाभांश दिने भएको छ । फ्युचर बोनस प्रोभिजनिङका कारण अन्य कम्पनीको बोनसदर तथा लाभांशमा गिरावट आउदा नेशनल लाइफले भने बढाएर दिन सफल भएको छ ।
कम्पनीको जीवन बीमा कोषमा ४७ अर्ब २१ करोड रुपैयाँ जम्मा भएको छ । चुक्ता पूँजी तीन अर्ब ३९ करोड रुपैयाँ रहेको छ । प्रस्तावित बोनस शेयर वितरण पछि कम्पनीको चुक्ता पूँजी ४ अर्ब तीन करोड रुपैयाँ पुग्नेछ ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया