सरोज र आश्माको अभिनयमा ‘दूधको साक्षी बिरालो’ म्युजिक भिडियो सार्वजनिक

काठमाडौं । गायक बिकु क्षेत्रीको स्वरमा ‘दूधको साक्षी बिरालो’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा क्षेत्रीलाई गायिका मेलिना राईले साथ दिएकी छन् ।
दीपक शर्माले सङ्गीतबद्ध गरेको यस गीतलाई उदयराज पौडेलले सङ्गीत संयोजन गरेका हुन् । म्युजिक भिडियोमा सरोज अधिकारी र आश्मा विश्वकर्माको अभिनय रहेको छ । गीतकार इँटाघरेको निर्देशनमा उक्त भिडियो तयार पारिएको हो ।
रोशन विकले कोरियोग्राफी रहेको यस भिडियोमा नवराज उप्रेतीको छायाँकन रहेको छ । भिडियोलाई टेकेन्द्र शाहले सम्पादन गरेका हुन् । भिडियो युनिकर्न मोशन पिक्चर्स नामक युट्युब च्यानलमार्फत सार्वजनिक भएको छ ।
यसअघि गायक क्षेत्रीको स्वरमा रहेको ‘जाऊ हिँड’, ‘दिल खोलेर भनन’ लगायत म्युजिक भिडियो सार्वजनिक भइसकेका छन् ।
ताजा अपडेट
-
शुक्लाफाँटामा दुर्लभ सुनौलो तोप चराको गणना सुरु
-
चलचित्र विकास बोर्डका ३३ सेवा अनलाइनबाट लिन सकिने
-
साउनदेखि नियुक्त हुने कर्मचारीलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू हुने
-
‘नेपालले मात्रै चाहेर पनि भारु ५०० भन्दा माथिका नोट चलाउन सक्ने अवस्था छैन’: अर्थमन्त्री पौडेल
-
एक हप्तामा ३५ जनामा कोरोना संक्रमण
प्रतिक्रिया