सरोज र आश्माको अभिनयमा ‘दूधको साक्षी बिरालो’ म्युजिक भिडियो सार्वजनिक
काठमाडौं । गायक बिकु क्षेत्रीको स्वरमा ‘दूधको साक्षी बिरालो’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा क्षेत्रीलाई गायिका मेलिना राईले साथ दिएकी छन् ।
दीपक शर्माले सङ्गीतबद्ध गरेको यस गीतलाई उदयराज पौडेलले सङ्गीत संयोजन गरेका हुन् । म्युजिक भिडियोमा सरोज अधिकारी र आश्मा विश्वकर्माको अभिनय रहेको छ । गीतकार इँटाघरेको निर्देशनमा उक्त भिडियो तयार पारिएको हो ।
रोशन विकले कोरियोग्राफी रहेको यस भिडियोमा नवराज उप्रेतीको छायाँकन रहेको छ । भिडियोलाई टेकेन्द्र शाहले सम्पादन गरेका हुन् । भिडियो युनिकर्न मोशन पिक्चर्स नामक युट्युब च्यानलमार्फत सार्वजनिक भएको छ ।
यसअघि गायक क्षेत्रीको स्वरमा रहेको ‘जाऊ हिँड’, ‘दिल खोलेर भनन’ लगायत म्युजिक भिडियो सार्वजनिक भइसकेका छन् ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया