दिनेश गुणवर्धने श्रीलंकाको पन्ध्रौं प्रधानमन्त्री बने
कोलम्बो । श्रीलंकाको १५औं प्रधानमन्त्रीको रुपमा दिनेश गुणवर्धनेले शपथ लिएका छन् ।
श्रीलंका पोदुजाना पेरामुना पार्टी (एसएलपिपी) का ७३ वर्षीय सांसद गुणवर्धनाले प्रधानमन्त्री कार्यालयमा राष्ट्रपति रनिल विक्रमासिङ्घेसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
विभिन्न दलका विधायक एवम् राजनीतिक दलका नेताहरूसँग बिहीबार भएको सघन छलफलपछि आज उनलाई प्रधानमन्त्री पदको शपथ गराइएको हो । भूतपूर्व राष्ट्रपति गोटाबाया राजापाक्ष र रनिल विक्रमासिङ्घेको नेतृत्वमा उनले गृहमन्त्रीका रुपमा काम गरेका थिए ।
आगामी बुधबार संसद् बैठकपछि राष्ट्रिय सरकार गठनका विषयमा छलफल हुने बताइएको छ । राजनीतिक दलहरू मिलेर राष्ट्रिय सरकार गठन गरेपछि मन्त्रिपरिषद् पुनर्गठन हुनेछ ।
यसैबीच, राष्ट्रपति सचिवालय बाहिर ठूलो सङ्ख्यामा उपस्थित प्रदर्शनकारीहरूलाई नियन्त्रण गर्न भारी मात्रामा सशस्त्र सुरक्षाकर्मी परिचालन गरिएको थियो । उनीहरूले राष्ट्रपति विक्रमासिङ्घको विरोध गरिरहेका छन् । यहाँस्थित सरकार विरोधी प्रदर्शन शिविरमा सुरक्षाकर्मीले छापा मारेको थियो ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया