बेलायतको राजदरबारसम्बन्धी झूटो र द्वेषपूर्ण दाबीको बिबिसीले मूल्य चुकायो
लन्डन । राजकुमारी डायनासँग विशेष टेलिभिजन अन्तर्वार्ता लिन बिबिसीका एकजना पत्रकारले झूटो र द्वेषपूर्ण विषयवस्तुलाई लिएर गरेको प्रयास अन्ततः गलत साबित भएको छ ।
विश्वसनीयताका निम्ति विश्वविख्यात प्रसारण संस्थाले एकजना शाही सुसारेलाई क्षतिपूर्तिस्वरुप ठूलो रकम तिर्नुपरेको छ भने उनीसमक्ष सार्वजनिक रूपमा क्षमा याचना गर्नुपरेको छ ।
राजकुमार विलियम र ह्यारीका पूर्वसुसारे टिग्गी लेगे–बोर्के भनेर चिनिने अलेक्जान्ड्रा पेटिफरको युवराज चाल्र्ससँग सम्बन्ध रहेको झूटा दाबीका निम्ति बिहीबार बिबिसीका महानिर्देशक टिम डेभीले लन्डनको उच्च अदालतमा उपस्थित भएर उनलाई पर्याप्त क्षतिपूर्ति तिर्न सहमति जनाउँदै माफी मागेका हुन् ।
पत्रकार मार्टिन बशीरले सन् १९९५ मा डायनाको अन्तर्वार्ता पाउन छलपूर्ण माध्यम प्रयोग गरेको अनुसन्धानबाट खुलेको थियो ।
बिबिसीको द्वेषपूर्ण दाबीप्रति आपत्ति जनाउँदै राजकुमार विलियम र ह्यारीले प्रसारण संस्थाको कडा आलोचना गरेका थिए ।
पेटिफरको गर्भमा युवराज चाल्र्सको भ्रुण रहेको त्यसलाई पछि पतन गराएकोलगायत झूटा आरोप लगाइएको थियो । पत्रकारितका साथै राजतन्त्रमा गम्भीर आघात पुग्ने गतल काम बशिरले गरेको जानकारी भएपछि उनलाई तत्काल बर्खास्त गरिएको थियो ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया