बेलायतको राजदरबारसम्बन्धी झूटो र द्वेषपूर्ण दाबीको बिबिसीले मूल्य चुकायो
लन्डन । राजकुमारी डायनासँग विशेष टेलिभिजन अन्तर्वार्ता लिन बिबिसीका एकजना पत्रकारले झूटो र द्वेषपूर्ण विषयवस्तुलाई लिएर गरेको प्रयास अन्ततः गलत साबित भएको छ ।
विश्वसनीयताका निम्ति विश्वविख्यात प्रसारण संस्थाले एकजना शाही सुसारेलाई क्षतिपूर्तिस्वरुप ठूलो रकम तिर्नुपरेको छ भने उनीसमक्ष सार्वजनिक रूपमा क्षमा याचना गर्नुपरेको छ ।
राजकुमार विलियम र ह्यारीका पूर्वसुसारे टिग्गी लेगे–बोर्के भनेर चिनिने अलेक्जान्ड्रा पेटिफरको युवराज चाल्र्ससँग सम्बन्ध रहेको झूटा दाबीका निम्ति बिहीबार बिबिसीका महानिर्देशक टिम डेभीले लन्डनको उच्च अदालतमा उपस्थित भएर उनलाई पर्याप्त क्षतिपूर्ति तिर्न सहमति जनाउँदै माफी मागेका हुन् ।
पत्रकार मार्टिन बशीरले सन् १९९५ मा डायनाको अन्तर्वार्ता पाउन छलपूर्ण माध्यम प्रयोग गरेको अनुसन्धानबाट खुलेको थियो ।
बिबिसीको द्वेषपूर्ण दाबीप्रति आपत्ति जनाउँदै राजकुमार विलियम र ह्यारीले प्रसारण संस्थाको कडा आलोचना गरेका थिए ।
पेटिफरको गर्भमा युवराज चाल्र्सको भ्रुण रहेको त्यसलाई पछि पतन गराएकोलगायत झूटा आरोप लगाइएको थियो । पत्रकारितका साथै राजतन्त्रमा गम्भीर आघात पुग्ने गतल काम बशिरले गरेको जानकारी भएपछि उनलाई तत्काल बर्खास्त गरिएको थियो ।
ताजा अपडेट
-
प्रचण्डको सम्पत्तिमा प्रश्नै प्रश्न : सम्पत्ति शुद्धिकरण र भ्रष्टाचार निवारण ऐन आकर्षित हुन सक्ने
-
रवि लामिछानेको सम्पत्ति सार्वजनिक, अधिकांश श्रीमतीको नाममा
-
कति छ प्रधानमन्त्री पुष्पकमल दाहालको सम्पत्ति ?
-
कान्तिलोकपथ एक हप्ताभित्र सञ्चालन गरिने
-
पक्राउ पुर्जी जारी भएपछि सिरोहिया – सहकारी ठगीबारे लेख्न एक इन्च पछि हटिन्न
प्रतिक्रिया