साउने सोमबार : यसाे गरे हराभरा हुनेछ दाम्पत्य जीवन

हिन्दू धर्ममा, सोमबार भगवान भोलेनाथको पूजा गर्न समर्पित दिन मानिन्छ। वर्षभरि सोमबार शिवको पूजा आराधना गरिए पनि साउन महिनाको सोमबारको महत्त्व अझै बढी छ ।
साउनको सोमबार व्रत राख्नाले भगवान् शिवसँगै पार्वतीको आशीर्वाद पनि प्राप्त हुन्छ भन्ने विश्वास छ ।
आज साउन महिनाको दोस्रो सोमबार । यस दिन व्रत बसेर शिवलिंगको अभिषेक गर्नु अति शुभ मानिन्छ । साथै यस दिन प्रदोष तिथिबाहेक अन्य धेरै शुभ योगहरु बन्ने गर्दछन् । शिवको आराधना र उपहारका लागि यो दिन उत्तम मानिन्छ ।
ज्योतिष शास्त्रमा केही उपायहरू पनि सुझाइएको छ , जसलाई पालना गरेमा सुख र समृद्धि प्राप्त हुन्छ । जानौं ती उपायहरूः
श्रीमान्–श्रीमतीबीचको मधुरता र दाम्पत्य जीवनको सुखका लागि शिव र माता पार्वतीलाई पञ्चामृतले अभिषेक गर्नुहोस् । यसो गर्नाले श्रीमान्–श्रीमतीबीचको कलह कम हुनेछ ।
यदि तपाईं वा तपाईंको परिवारमा कोही लामो समयदेखि बिरामी हुनुहुन्छ भने यस साउनको दोस्रो सोमबार जलमा कालो तिल हालेर शिवलिंगलाई अभिषेक गर्नुहोस्। यसले रोगमा आराम मिल्ने छ ।
साउनको दोस्रो सोमबार भगवान शिव र माता पार्वतीलाई गाईको दूधबाट बनेको खीर चढाउनुहोस्। पछि आफैं प्रसादको रूपमा खानुहोस्। यसो गर्नाले दाम्पत्य जीवनको समस्या हट्नेछ।
यदि घरमा कलहको वातावरण छ भने त्यो वास्तु दोषले हुनसक्छ । यसका लागि साउनको सोमबार घरमा शिवलिंगको स्थापना गरी नियमित पूजा गर्नुपर्छ ।
व्यापारमा बारम्बार घाटा भइरहेको छ भने साउन सोमबार शिवलिंगलाई अनारको रसले अभिषेक गर्नुहोस् । यसबाट धनसँग सम्बन्धित सबै समस्या हट्ने विश्वास गरिन्छ ।
प्रतिक्रिया