सिद्धबाबालाई बलात्कारी भनेपछि रोशनी शाही पक्राउ
काठमाडौं । कुनैबेला पूर्वसभामुख कृष्णबहादुर महरालाई बलात्कारको आरोप लगाएकी रोशनी शाही पक्राउ परेकी छिन् ।
सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई ‘बलात्कारी’ भन्दै गाली गरेपछि शाहीलाई मंगलबार नेपाल प्रहरीले पक्राउ गरेको हो ।
पशुपतिमा आयोजित अतिरुद्र महायज्ञमा बलात्कारको आरोप लागेका सिद्धबाबा पनि सहभागी छन् । त्यहाँ पुगेकी शाहीले सिद्धिबाबालाई बलात्कारी भनेकी थिइन् । त्यसलगत्तै उनी पक्राउ परेकी हुन् ।

सिद्धबाबाविरुद्धको बलात्कार आरोपको मुद्दा अहिले विचाराधीन छ ।
शाहीलाई बलात्कार गरेको आरोप लागेका पूर्वसभामुख महराले भने सफाइ पाइसकेका छन् ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया