बुवा भुवन चलचित्र विकास बोर्डको अध्यक्ष भएपछि छोरा अनमोलले लेखे भावुक स्टाटस
काठमाडौं । अभिनेतासमेत रहेका बुवा भुवन केसी चलचित्र विकास बोर्डको अध्यक्ष भएपछि अर्का अभिनेता अनमोल केसीले सामाजिक सञ्जालमा भावुक स्टाटस लेखेका छन् ।
अनमोलले आफ्ना बुवा भुवन बाटो हिड्नेमात्र नभएर बाटो बनाइदिने मानिससमेत भएको भन्दै भावुक स्टाटस लेखेका छन् । अब बुवा भुवनको भूमिका झनै गहन हुने बताउँदै अनमोलले नेपाली चलचित्रको श्रीवृद्धिमा थप योगदान रहने कुरामा आफू ढुक्क रहेको बताएका छन् ।
अनमोलले आफू बुवा भुवनकै पदचाप पछ्याएको अहिलेको स्थानमा आइपुगेको बताउन भुलेका छैनन् ।
‘बाटो हिड्ने मान्छेभन्दा पनि बाटो बनाइदिने मान्छे महान हुन्छन् । म तपाईंलगायत तपाईंका समकालीन हस्तीहरूकै पाइला पछ्याउँदै यहाँसम्म आइपुगेको छु,’ उनले फेसबुकमा लेखेका छन्, ‘आजबाट, तपाईंको भूमिका झन् गहन बनेको छ । नेपाली सिनेमाको श्रीवृद्धिमा तपाईंको थप योगदान रहने कुरामा म ढुक्क छु । यो गौरवशाली अवसर प्राप्त गर्नु भएकोमा, धेरै–धेरै बधाई तथा शुभकामना बाबा । मेरो मार्गदर्शक, मेरो प्रेरणा !’

अनमोलले बुवा भुवनसँगै दाजु विवेक र दिदी काजलको समेत तस्बिर फेसबुकमा राखेका छन् ।
भुवनलाई सरकारले सोमबारमात्र विकास बोर्डको अध्यक्ष नियुक्त गरेको थियो ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया